एजेन्सी । पेटीएमका संस्थापक विजय शेखर शर्मा पक्राउ परेका छन । शर्मालाई दिल्ली पुलिसले एक कारमा ठक्कर दिएको आरोपमा पक्राउ गरेको थियो । तर, पछि उनलाई जमानत दिइयो । यो घटना गत महिना फेब्रुअरी २२ मा भएको थियो ।
मदर इन्टरनेशनल स्कूलको अगाडि पेटीएमका संस्थापक विजय शेखर शर्माले दक्षिण दिल्लीको डीसीपी बेनिता मेरी ज्याकरको कारलाई आफ्नो जगुआर ल्यान्ड रोभर कारले तीव्र गतिमा ठक्कर दिएका थिए । यही आरोपमा उनलाई पक्राउ गरिएको हो ।
विजय शेखर शर्मालाई ठक्कर दिएर कारबाट भागेका थिए । तर डिसीपीका चालक दीपकले गाडीको नम्बर टिपेर डीसीपीलाई घटनाबारे जानकारी गराएका थिए । डीसीपीको आदेशमा दीपकले मालवीय नगर पुलिस स्टेशनमा उजुरी दिएका थिए । यसपछि प्रहरीले आईपीसीको धारा २७९ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले घटनाको छानबिन गर्दा उक्त कारको नम्बर गुरुग्रामको एउटा कम्पनीको रहेको पाइएको थियो । प्रहरीले घटनाबारे कम्पनीका मानिसहरूसँग सोधपुछ गरेको थियो। कार जीके–२ मा बस्ने विजय शेख शर्माको रहेको खुलेको छ । त्यसपछि विजय शेखेल शर्मा पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस