aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

साउदीमा एकै दिन ८१ जनालाई मृत्यु दण्ड दिइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
साउदीमा एकै दिन ८१ जनालाई मृत्यु दण्ड दिइयो

एजेन्सी । साउदी अरेबियाले शनिबार ८१ जनालाई मृत्युदण्डको सजाय दिएको जनाएको छ । यो संख्या गत वर्ष साउदी अरबमा दिइएको मृत्युदण्डभन्दा बढी हो । राज्य समाचार एजेन्सी एसपीएका अनुसार मृत्युदण्डको सजाय सुनाइएकामध्ये सात यमनी र एक सिरियाली नागरिक थिए । उसलाई चरमपन्थी सहित “एक भन्दा बढी जघन्य अपराध“ को लागी सजाय दिइएको छ । 

यी मध्ये केही तथाकथित इस्लामिक चरमपन्थी समूह इस्लामिक स्टेट, अल–कायदा र यमनको हुथी विद्रोही समूहसँग जोडिएको आरोप लगाइएको थियो । मानवअधिकार संगठनहरूका अनुसार यी अभियुक्तहरूमध्ये धेरैलाई कानुनी रूपमा बहस गर्ने उचित मौका पनि दिइएको छैन। तर, साउदी सरकारले यी आरोप अस्वीकार गर्दै आएको छ ।

एसपीएका अनुसार मृत्युदण्डको सजाय पाएका दोषीहरूलाई १३ न्यायाधीशहरू अन्तर्गत मुद्दा चलाइएको थियो र सबै यस समयमा तीन चरणको न्यायिक प्रक्रियाबाट गुज्रिएका थिए । उनीहरु सबैलाई देशका महत्वपूर्ण आर्थिक लक्ष्यमा आक्रमण गर्ने, सुरक्षा बलको हत्या वा निशाना बनाउने, अपहरण, यातना, बलात्कार र देशभित्र हतियार तस्करी गरेको आरोप लगाइएको थियो ।

साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिने विश्वका शीर्ष देशमा साउदी अरेबियाको नाम पनि परेको छ । यस मामिलामा, यो विश्वमा पाँचौं स्थानमा छ । 
एम्नेस्टी इन्टरनेशनलले बनाएको सूचीअनुसार साउदी अरेबियाभन्दा अगाडि चीन, इरान, इजिप्ट र इराक यस सूचीमा परेका छन् ।
 

प्रतिक्रिया दिनुहोस