aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

१४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते सुनुवाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
१४ सांसदविरुद्धको मुद्दामा आगामी चैत २० गते सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आगामी चैत २० गते हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले आज उक्त मुद्दाको सुनुवाइ आगामी चैत २० गतेदेखि गर्ने निर्णय गरेको हो । 
     
आदेशमा भनिएको छ, “यसमा लिखित जवाफ परिसकेको देखिएकाले र निवेदकबाट उठाइएका संवैधानिक तथा कानूनी प्रश्नहरुको निरुपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा मिति २०७८÷१२÷२० गते आइतबार पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमअनुसार पेस गर्नू ।”
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेको उल्लेख गर्दै नेपालसहित १४ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस