aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

गौरवका आयोजनाले गिज्याउँदै सरकारलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
गौरवका आयोजनाले गिज्याउँदै सरकारलाई

सरकारले मुलुकभरमा सबैभन्दा बढी महत्वव दिएको भनिएका राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट खर्च गर्न सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनामा हुने गरेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ ।

अहिले मुलुकभर राज्यले महत्व दिएका आयोजना २२ वटा छन् । सरकारी अधिकारीहरुका अनुसार यी आयोजनामा गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन सकेको छैन ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा मेलम्ची खानेपानी आयोजनामा पाँच अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर खर्च भने दुई अर्ब ४२ करोड रुपैयाँमात्र गर्न सकेको छ ।

करिब तीन दशकदेखि निर्माणाधीन उक्त आयोजनामा विनियोजित बजेट खर्च हुन नसकेपछि निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्नेबारे अझै अन्योल रहेको अधिकारीहरू बताउँछन् । सरकारले चालू आर्थिक वर्ष उक्त आयोजना सम्पन्न गर्ने दाबी गरेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस