aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

तीन लाखमा बिक्री भयो जखमले बोको

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
तीन लाखमा बिक्री भयो जखमले बोको

तनहुँको भिमाद गाउँपालिका – ९, पाथर्दीका युवा कृषक शिवकुमार आलेले एउटा बोकालाई तीन लाखमा बिक्री गर्नुभएको छ ।

अफ्रिकन बोर जातको उक्त बोका आलेले शुक्लागण्डकी नगरपालिकाका कृषक सोम पुनलाई तीन लाख रुपियाँमा बिक्री गर्नुभएको हो ।

पुन लाइभस्ट्र«क गोठ फार्मका सञ्चालक रहेका पुनले आफ्नो बाख्रा फर्ममा बोर जातिको बाख्रा उत्पादन गर्ने उद्देश्यले उक्त बोका खरिद गरेको बताउनुभयो ।

उहाँले फार्ममा रहेको बाख्राको प्रजननका लागि खरिद गरिएको बताउनुभयो ।


इजरायलमा साना किसान विकास बैंकमार्फत आधुनिक कृषि सम्बन्धी ११ महिनाको तालिम लिएर आएपछि गाउँमा बाख्रा पालनमा लागेको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस