aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

पाँच वर्ष यताकै बढी नेपाली कामदार कोरिया जान पाउने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, ०१ चैत्र २०७८
पाँच वर्ष यताकै बढी नेपाली कामदार कोरिया जान पाउने

काठाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६२४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको हो । 

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ । शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाका रोजगारदाताले नेपाली श्रमिक रुचाएपछि नेपालबाट ठूलो संख्यामा युवा लैजाने गरी भाषा परीक्षाको तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस