काठमाडौं । धितोपत्र ब्रोकरहरूको तथ्यांक राख्ने प्रणाली ‘डाटा सेन्टर’मा समस्या आएपछि सोमबार निर्धारित कारोबार अवधिभर लगानीकर्ताले सेयर किनबेच गर्न पाएनन् । समस्या समाधान गर्न लामो समय लाग्ने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचना निकालेर सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द भएको जनाएको छ ।
‘३२ वटा ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि दिउँसो १२ः५३ बजेदेखि समस्या देखिएको थियो । हार्डवेयर र सफ्टवेयर दुवैमा समस्या आएकाले बनाउन ९र१० घण्टा लाग्ने जानकारी पाएको छु,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भने, ‘यसकारण सोमबार समय थपेर पनि कारोबार सञ्चालन गर्न सक्ने अवस्था नभएपछि कारोबार बन्द गरिएको हो ।’
ब्रोकरहरूले छुट्टाछुट्टै डाटा सेन्टर नराख्दा यस्तो समस्या आएको उनले बताए । ‘सोमबार व्यक्तिगत रूपमा डाटा सेन्टर सञ्चालन गरेका ब्रोकरमा यो समस्या छैन । एकमुस्ट रूपमा एकै स्थान डाटा सेन्टर राखेका ब्रोकरमा समस्या देखिएको छ,’ उनले भने, ‘भविष्यमा यस्ता समस्या आउन नदिन ब्रोकरहरूलाई छुट्टाछुट्टै डाटा सेन्टर राख्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।’ ब्रोकरहरूको डाटा सेन्टरमा समस्या आएकाले सोमबार कारोबार प्रभावित भएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीको भनाइ छ । ‘डाटा सेन्टर व्यवस्थापन गर्ने जिम्मा वाइको प्रालिलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस