aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

स्थानीय चुनावका लागि साढे १३ अर्ब विनियोजन

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, ०१ चैत्र २०७८
स्थानीय चुनावका लागि साढे १३ अर्ब विनियोजन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरेको छ । मन्त्रालयका प्रवक्ता ढुुण्डीप्रसाद निरौलाका अनुसार मन्त्रालयले गृह मन्त्रालयका लागि ६ अर्ब २९ करोड, निर्वाचन आयोगका लागि ८ अर्ब ११ करोड तथा राष्ट्रिय अनुसन्धान विभागका लागि ३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । सेनाका लागि भने बजेट विनियोजन भइनसकेको उनले बताए ।

“१४ अर्ब ४३ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सेनाका लागि कति छुट्याउने भन्ने विषय छलफलकै क्रममा छ । एक–दुई दिनमा टुंगो लाग्छ,” उनले भने । उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि २० अर्ब बराबरको बजेट विनियोजन हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि छुट्टै बजेट भने विनियोजन गरेको थिएन । 

तर, निर्वाचनका लागि विविध शीर्षकमा भएको बजेटले धान्ने अवस्था भए सोहीबाट अन्यथा अन्य शीर्षकबाट रकमान्तर गर्नुपर्ने अवस्था रहेको निरौलाले बताए ।

सरकारले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस