
एजेन्सी । अनिल अम्बानीको रिलायन्स क्यापिटलको स्टक सोमबार प्रारम्भिक कारोबारमा अपर सर्किटमा पुगेको थियो । अदानी फिनसर्भ, केकेआर, पिरामल फाइनान्स र अदानी समूहको पूनावाला फाइनान्स लगायत १४ ठूला कम्पनीहरूले अम्बानीको कम्पनीको अधिग्रहणमा चासो देखाएका छन् । जसका कारण कम्पनीको शेयरमा उछाल आएको हो ।
बीएसईमा रिलायन्स क्यापिटलको शेयर ४.९७ प्रतिशतले बढेर १४.३७ रुपैयाँ पुगेको छ । यसरी कम्पनीको स्टकमा अपर सर्किट भयो । त्यस्तै, एनएसईमा कम्पनीको शेयर ४.७४ प्रतिशतले बढेर १४.३५ रुपैयाँमा पुगेको छ ।
अनिल अम्बानीको कम्पनीको अधिग्रहणको लागि बिडिङको अन्तिम मिति मार्च ११ सम्म थियो। तर, पछि यो अवधि २५ मार्चसम्म बढाइएको थियो । रिपोर्टहरूका अनुसार अनिल अम्बानीको कम्पनीको लागि बोलपत्र दिन इच्छुक केही बोलपत्रकर्ताहरूको अनुरोधमा म्याद थप गरिएको हो ।
प्रतिक्रिया दिनुहोस