aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनसेलले टेरेन प्राधिकरणलाई, घटाएन डाटा शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
एनसेलले टेरेन प्राधिकरणलाई, घटाएन डाटा शुल्क

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई डाटा शुल्क घटाउन दिएको निर्देशन कार्यान्वयनमा आएको छैन । प्राधिकरणले एनसेललाई साउन १ गतेदेखि डाटा शुल्क प्रतिएमबीपीएस १ रुपियाँ घटाउन निर्देशन दिएको थियो ।

असार ९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेललाई डाटा शुल्क घटाउन निर्देशन दिएको थियो । असार ९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेललाई डाटा शुल्क घटाउन निर्देशन दिएको हो ।

हाल एनसेलले प्रतिएमबीपीएस डाटा शुल्क तीन रुपियाँ छ । प्राधिकरणले यसलार्य दुई रुपियाँमा झार्न निर्देशन दिएको थियो । ‘प्राधिकरणको निर्देशनपछि एनसेलले थोरैमात्रै घटाउन सकिने प्रस्ताव गरेको थियो,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘साउन पहिलो साता हामीले बोर्डको निर्देशनअनुसार नै मूल्य घटाउनु भनेर पत्र पठाएका छौं ।’

अन्तराष्ट्रिय ब्याण्डविथको मूल्य घटेको र अन्य सेवा प्रदायकको भन्दा एनसेलको शुल्क महङ्गो भएको भन्दै प्राधिकरणले शुल्क घटाउन सकिने प्रस्ताव गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

ग्राहकबाट एनसेलको डाटा शुल्क अत्याधिक भएको गुनासो आएपछि मूल्य निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । उनका अनुसार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको शुल्कसम्बन्धी नयाँ निर्देशिका बनाउने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस