
एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा केही राहतको खबर आएको छ । रुस–युक्रेन तनावका कारण तेलको मूल्यमा भएको बृद्धि अहिले केहि मत्थर भएको छ । लगातार तीन सातासम्म १०० डलरभन्दा माथि रहेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल पुगेको छ । अहिले कच्चा तेलको मूल्य ९८ डलर प्रति व्यारेलमा झरेको छ । यसअघि ७ मार्चमा कच्चा तेल प्रति ब्यारेल १३९ डलरमा १४ वर्षकै उच्च विन्दुमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस