aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले आज उक्त रिट निवेदन  खारेज गर्ने फैसला गरेको हो ।
 
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ९ गते अध्यादेश जारी गरेको थियो । सोही जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सो अध्यादेश जारी गरिएको थियो ।
 
सरकारको उक्त कदमविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतले सोही जेठ २७ गते सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आज उक्त रिट निवेदन खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस