aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

काठमाडौंको फोहोर उठाउने र रोकिने ठेगान नै छैन

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, ०३ चैत्र २०७८
काठमाडौंको फोहोर उठाउने र रोकिने ठेगान नै छैन

काठमाडौं । सरकारले स्थानीयसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन । स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटकपटक फोहोरका गाडी रोक्दै आएका छन् । यसअघि फागुन लागेसँगै स्थानीयले बाटो अवरोध गरेर फोहोर बोकेका गाडी रोकपछि दुई साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।

पासाङ ल्हामु राजमार्गमा पर्ने तिनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवतजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विषयलाई लिएर अवरोध भएपछि फेरि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।

काठमाडौं महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले सोमबार सहमति जुटेपछि काठमाडौंको फोहोर उठ्न सुरु भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस