aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सिद्धबाबा सुरुङमार्ग निर्माणको सम्झौता

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, ०३ चैत्र २०७८
सिद्धबाबा सुरुङमार्ग निर्माणको सम्झौता

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग सन्झौता भएको छ । गत बुधबार सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम गरेर बुझाउने समय सीमा दिइएको छ । श्रेष्ठले भने, “कम्पनीले बुझाएको डिजाइन केन्द्रले स्वीकृत गरेपछि निर्माणको काम सुरु हुनेछ ।”

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ । सम्झौता भइसकेकाले चाँडै निर्माण कम्पनीका प्रविधिकले डिजाइनको काम थाल्ने निर्देशक श्रेष्ठको भनाइ छ । मूल सुरुङमार्ग ११ सय २६ मिटर लम्बाइको रहने छ ।

प्रतिक्रिया दिनुहोस