
एजेन्सी । युक्रेन युद्धको बीचमा अमेरिकाले रुसमाथि दबाब दिन विभिन्न प्रयास गरिरहेका छन् । यसैबीच, यसले यष्निबचअजक भनेर चिनिने रूसी अर्बपतिहरूको सम्पत्ति जफत गर्न ८ देशहरूसँग एक कार्यदल गठन गरेको छ । यो नयाँ संगठनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जापान, अष्ट्रेलिया, जर्मनी र इटाली सामेल छन् । अब यी देशहरूमा रहेका रुसी अर्बपतिहरूको सम्पत्ति जफत गरिनेछ ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टको प्रेस विज्ञप्ति अनुसार विभागका वरिष्ठ अधिकारीहरूले अष्ट्रेलिया, क्यानडा, जर्मनी, फ्रान्स, इटाली, जापान, बेलायत र युरोपेली संघका प्रतिनिधिहरूसँग भेटेका थिए । यस क्रममा ‘रूसी ओलिगार्च टास्क फोर्स’ गठनका बारेमा छलफल भएको थियो । कार्यदल पहिलो पटक २६ फेब्रुअरीमा घोषणा गरिएको थियो ।
यस समूहका सबै सदस्यहरूले आफ्नो देशमा प्रतिबन्ध, सम्पत्ति रोक्का र ओलिगार्च विरुद्ध दर्ता भएका फौजदारी मुद्दाहरू बारे जानकारी शेयर गर्नेछन् । यसअघि मार्च २ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो स्टेट अफ द युनियन सम्बोधनमा रुसी अर्बपतिहरूको याट, लक्जरी अपार्टमेन्ट र निजी जेटहरू कब्जा गर्न विशेष कार्यदल गठन गर्ने घोषणा गरेका थिए ।
खेलमैदानदेखि हवाई क्षेत्रसम्म, क्ध्क्ष्ँत् हटाउनदेखि अर्बपतिहरूको सम्पत्ति जफत गर्नेसम्म; रुसमाथि प्रतिबन्ध लगाएर दबाब दिने प्रयास भइरहेको छ । अमेरिकाले रुसबाट ग्यास, तेल र कोइला आयातमा प्रतिबन्ध लगाएको छ ।
रुसको आर्थिक अवस्थालाई थप कमजोर बनाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदमा रुससँगको सामान्य व्यापार निलम्बन गर्न पनि माग गरेका छन् । योसँगै युरोपियन युनियनले पनि रुसी राष्ट्रपतिको सम्पत्ति जफत गर्ने घोषणा गरेको छ । यसबाहेक बेलायतले पुटिनमाथि प्रतिबन्ध पनि लगाएको छ ।
रुस–युक्रेन युद्धको आज २२ औं दिन हो । रुसी सेना राजधानी कीभ नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । बाइडेनको भनाइलाई रुसविरुद्ध अमेरिकाको अडानमा ठूलो परिवर्तन मानिएको छ । बाइडेन प्रशासनले अहिलेसम्म युक्रेन आक्रमणलाई युद्ध अपराध भन्न बेवास्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस