aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अब पाँचभन्दा बढी ठेक्का नलिएको स्वघोषणा गर्नुपर्ने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, ०४ चैत्र २०७८
अब पाँचभन्दा बढी ठेक्का नलिएको स्वघोषणा गर्नुपर्ने

काठमाडौं । निर्माण व्यवसायीहरूले अबदेखि पाँच ओटाभन्दा बढी ठेक्का नलिएको स्वघोषणा गर्नुपर्ने भएको  छ । सार्वजनिक खरीद नियमावली ११ औं संशोधन–२०७८ बिहीवार राजपत्रमा प्रकाशित भएसँगै यस्तो व्यवस्था भएको हो । संशोधित नियमावलीले गरेको निर्माणका लागि खुला गरिने बोलपत्रमा निर्माण व्यवसायीले एकल वा संयुक्त उपक्रम (जेभी) का रूपमा बढीमा पाँचओटा मात्रै बोलपत्रमा भाग लिन पाउनेछन् ।  

नयाँ व्यवस्था अनुसार पाँचओटाभन्दा बढी ठेक्का नलिएको जानकारी स्वयम् व्यवसायीहरूले नै गराउनु पर्नेछ । अब निर्माण व्यवसायीहरूले रू. ३ अर्बसम्मको काम लिन पाउनेछन् । यसअघि यस्तो सीमा रू. १ अर्ब थियो ।

यस्तै रू. १० अर्बसम्मको अन्तरराष्ट्रियस्तरको बोलपत्रमा स्वदेशी कम्पनीसँग जेभी गर्नुपर्ने प्रवधान पनि नियमावलीमा राखिएको छ । अन्तरराष्ट्रिय स्तरको बोलपत्रमा बढीमा २५ प्रतिशतसम्मको साझेदारीमा जेभीमा सहभागी हुने निर्माण व्यवसायीले भने पाँचओटाभन्दा बढी बोलपत्रमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस