aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सेजमा उद्योग स्थापना गर्न उद्योगीमा देखिएन इच्छा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०४ चैत्र २०७८
सेजमा उद्योग स्थापना गर्न उद्योगीमा देखिएन इच्छा

भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न उद्योगी व्यवसायी अनिच्छुक देखिएका छन् । सेजमा उद्योग स्थापना गर्न सरकारले ल्याएको निर्यात मापदण्डका कारण उद्योगी व्यवसायी सेजप्रति आकर्षित नदेखिएका हुन् । विशेष आर्थिक क्षेत्र ऐन, २०७५ को दफा ६ मा सेजमा स्थापना भएको उद्योगले आफ्नो उत्पादनको कम्तीमा ६० प्रतिशत निर्यात गर्नुपर्ने उल्लेख गरिएको छ ।

सेजमा हालसम्म छवटा उद्योग स्थापना भएका छन् भने कुनै पनि उद्योगले ६० प्रतिशत निर्यात मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार निर्यात नगरेपछि सेज र उद्योगीबीचको विवाद बढ्दै गएको छ, जसका कारण उद्योग स्थापनाका लागि सम्झौता गरेका अन्य उद्योगले निर्माणको काम अगाडि बढाएका छैनन् ।

उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान व्यावहारिक नभएको उद्योगी व्यवसायीहरू बताउँछन् । सरकारको भन्सार नीतिका कारण पनि उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको छ ।

प्रतिक्रिया दिनुहोस