aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अमेरिकामा मूल्य वृद्धि नियन्त्रण गर्न कडा नीति अपनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
अमेरिकामा मूल्य वृद्धि नियन्त्रण गर्न कडा नीति अपनाउँदै

एजेन्सी । अमेरिकाको फेडरल रिजर्भ अफ अमेरिका (युएस फेड) ले पछिल्लो ४० वर्षको उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा मौद्रिक नीतिको बाटो अपनाएको छ ।

फेडरल रिजर्भले द्दण्ज्ञड पछि पहिलो पटक नीतिगत ब्याज दर ०.२५ प्रतिशत बढाएको छ । योसँगै यसलाई अझै बढाउने सङ्केत पनि दिइएको छ । फेडरल रिजर्व (यूएस फेडरल रिजर्भ) को फेडरल खुला बजार समितिले ८–१ को मतले नीतिगत ब्याज दर बढाउन सहमत भयो । 

 अर्थतन्त्रलाई गति दिनका लागि कोरोना महामारीको समयमा यी ब्याजदरहरू झण्डै शून्य तहमा रह्यो । तैपनि, फेडरल रिजर्भको सामु चुनौती आर्थिक वृद्धि र मुद्रास्फीति नियन्त्रणबीच सन्तुलन कायम गर्ने थियो । तर मुद्रास्फीति नियन्त्रण गर्न ऋण महँगो बनाएका छन् ।

 एफओएमसी बैठक पछि फेडरल रिजर्व प्रमुख जेरोम पावेलले आफ्नो निर्णयहरुको जानकारी दिँदै उनले अमेरिकी अर्थतन्त्र निकै बलियो रहेको र कडा मौद्रिक नीतिलाई सम्हाल्न सक्ने बताए । ब्लूमबर्गको समाचार अनुसार फेडरल रिजर्भले यस वर्ष बाँकी ६ बैठकमा ब्याजदर थप बढाउने स्पष्ट सङ्केत दिएको छ ।

प्रतिक्रिया दिनुहोस