aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तिब्बतमा सन् २०२१ मा एक लाख २० हजार किमी सडक निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
तिब्बतमा सन् २०२१ मा एक लाख २० हजार किमी सडक निर्माण

ल्हासा । सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलिोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् । तिब्बतमा सन् २०२१ मा पाँच नगर र ६७ प्रशासनिक क्षेत्रले सडकको पहुँच बिस्तारका लागि अग्रणी तथा कडा मेहनत गरेका बताइएको छ । 

ती नगर तथा प्रशाशनिक क्षेत्रको अथक मेहनतपछि गत बर्षको अन्तसम्ममा तिब्बत क्षेत्रका कुल शहरहरूमध्ये ९४.५५ प्रतिशतलाई जोड्न र कुल प्रशासनिक क्षेत्रहरूमध्ये ७७.९४ प्रतिशत क्षेत्रलाई जोड्न सफल भइएको तिब्बत क्षेत्रीय यातायात विभागले पुष्टि गरेको छ । 

तिब्बतले सडक यातायातको लागि निश्चित सम्पत्तिमा २०.१ अर्ब युआन ९लगभग ३।२ अर्ब अमेरिकी डलर० मूल्यको लगानी पूरा गरेको विभागका प्रमुख जु वेनकियाङले बताए । विभागले सन् २०२२ मा २१.६ अर्ब युआनभन्दा बढी मूल्यको यातायातमा लगानी पूरा गर्ने लक्ष्य राखेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस