aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

किन राख्यो इरानले यी बेलायती महिलालाई ६ वर्ष जेलमा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
किन राख्यो इरानले यी बेलायती महिलालाई ६ वर्ष जेलमा ?

एजेन्सी । इरानी मूलका बेलायती नागरिक नाजानिन जाघारी र्याटक्लिफलाई छ वर्षसम्म हिरासतमा राखेपछि इरान सरकारले गत बुधबार रिहा गरेको छ । नाजानिनलाई सन् २०१६ मा इरान सरकारले जासुसी गरेको आरोपमा पक्राउ गरेको थियो । इरानी अधिकारीहरूले नाजनीनले तेहरानमा इरानी सरकारलाई हटाउने षड्यन्त्र गरिरहेको े दावी गरेका थिए । तर उनी विरुद्धको आरोप कहिल्यै सार्वजनिक गरिएको थिएन ।

इरानको रिभोलुसनरी गार्ड्सले यस मामिलामा नाजानिनले आफ्नो इरान भ्रमणका क्रममा विदेशीसँग जोडिएको विपक्षी नेटवर्कको नेतृत्व गरिरहेको दाबी गरेको छ । उही समयमा नाजानिनले आफ्नी छोरी ग्याब्रिएलासँग इरानी नयाँ वर्ष आफ्नो आमाबुवाको घरमा मनाउन तेहरान पुगेकी थिइन् । यस विषयमा, थमसन रोयटर्स फाउन्डेसन र बीबीसी मिडिया एक्सनले एक विज्ञप्ति जारी गरी उनी कामको सिलसिलामा नभई छुट्टी मनाउन इरान गएको बताएको थियो ।

नाजानिनले आफ्नो सजायको अन्तिम वर्ष २०२१ मा प्यारोलमा हुँदा तेहरानमा आफ्ना आमाबुवाको घरमा बिताए । तर यसपछि उनलाई इरान सरकारविरुद्ध अपप्रचारको मुद्दामा दोषी पाइएपछि एक वर्ष जेल र एक वर्षको यात्रा प्रतिबन्धको सजाय सुनाइएको थियो । नाजनीनले यस निर्णयलाई चुनौती दिँदै अपील दायर गरे तर उनी यो प्रयासमा सफल हुन सकेनन् । बेलायती विदेशमन्त्री लिज ट्रसले निर्णयको निन्दा गर्दै यसलाई नाजानिनमाथि गरिएको क्रुरताको डरलाग्दो निरन्तरता भनेका छन् ।
 

प्रतिक्रिया दिनुहोस