aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ चैत्र २०७८
त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा  स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ ।

 “सर्वोच्च अदालतबाट विज्ञापन नं ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ”, सूचनामा भनिएको छ । 

यहि चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो । त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस