
काठमाडौं । दक्षिण एशियाली देशहरुमा नेपाली सबैभन्दा खुसी देशको रुपमा रहेको छ । संयुक्त राष्ट्रसङ्घको दिगो विकास समाधान नेटवर्कले शुक्रवार सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले यस्तो देखाएको हो । शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अंकसहित सूचिको ८४ औं स्थानमा रहेको छ । यो गत वर्षको तुलनामा ३ स्थान माथि हो ।
गत वर्ष ५ दशमलव २६९ अंकसहित नेपाल सूचिको ८७ औं स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एशियामा दोस्रो खुसी देश बंगलादेश हो ।
गत वर्षको सूचिमा १०१ औं स्थानमा रहेको यस वर्ष सूचिको ९४ औं स्थानमा छ । पाकिस्तान १६ स्थान तल झरेर १२१ औं स्थानमा ओर्लिएको छ भने श्रीलंका पनि २ स्थान माथि चढेर १२७ औं स्थानमा पुगेको छ ।
भारत १३६औं स्थानमा उक्लिएको छ । गत वर्ष भारत सूचिको १३९औं स्थानमा थियो । प्राविधिक कारणले गर्दा यस वर्षकोब सूचिमा भुटानलाई समावेश गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस