aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

विदेशी सम्बन्धनको आडमा कलेजहरुको मुद्राको व्यापार

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, ०६ चैत्र २०७८
विदेशी सम्बन्धनको आडमा कलेजहरुको मुद्राको व्यापार

काठमाडौं । विदेशका विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ६ कलेजले वैदेशिक मुद्रा अपचलन गरेकाबारे २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । त्यसको यथार्थ पत्ता लगाएर अख्तियारलाई सघाउन शिक्षा मन्त्रालयले छानबिन समिति बनायो। समितिले ‘अपचलन भएको’ तथ्य–प्रमाणसहित २०७७ मा प्रतिवेदन बुझायो। त्यसलाई मन्त्रालयले लुकाएर राखेको छ। अख्तियारले पनि कुनै कारबाही गरेको छैन।

समितिले उजुरी परेका ६ कलेजबारे मात्र छानबिनअध्ययन गरेको थियो। तर, मन्त्रालय उच्च स्रोतका अनुसार वैदेशिक सम्बन्धनवाला अधिकांश कलेजको मुख्य कामै विदेशी मुद्रा ओसारपसार रहँदै आएको छ। सम्बन्धन लिएको विश्वविद्यालयलाई सम्बन्धित कलेजले प्रतिविद्यार्थी निश्चित शुल्क पठाउनुपर्छ। 

'त्यो रकम सोझै विश्वविद्यालयलाई पठाउने कलेज अति कम छन्,’ मन्त्रालयका अधिकारीहरू भन्छन्, ‘अधिकांशले कि हुन्डी गर्छन् कि थर्ड पार्टी पेमेन्टको बाटो समाउँछन् । हुन्डी मुद्राको अवैध ओसारपसार हो।’ थर्ड पार्टी पेमेन्टु कुनै एजेन्ट कम्पनीमार्फत दिइने भुक्तानी हो। विदेशी विश्वविद्यालयले नक्कली इन्भ्वाइस (बिल) पठाउँदैनन्। जसले गर्दा चाहिएजति पैसा विदेश पठाउन सम्भव हुन्न। त्यही भएर कलेजहरूले एजेन्ट समाउँछन्। 

प्रतिक्रिया दिनुहोस