aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विहारमा विषाक्त मदिरा खाँदा ६ जनाको मृत्यु, एक जनाको आँखाको ज्योति गुम्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ चैत्र २०७८
विहारमा विषाक्त मदिरा खाँदा ६ जनाको मृत्यु, एक जनाको आँखाको ज्योति गुम्यो

एजेन्सी । भारतको बिहार राज्यमा विषाक्त मदिराले फेरि एकपटक तहसनहस बनाएको छ । शनिबार होलीको दिन मदिरा सेवनबाट भागलपुरमा ४ र मधेपुरामा ३ जनाको शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । एक जनाको आँखाको ज्योति पनि गुमेको छ ।

त्यहा नक्कली मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । भागलपुरको साहेबगञ्जको घटनामा मृतकका आफन्तले नक्कली रक्सी पिएर मृत्युको कारण बताइरहेका छन् भने मधेपुराको घटनामा परिवारका सदस्य र प्रहरी केही बोल्न मानिरहेका छैनन् । तीनै जनाको शवको अन्तिम संस्कार पनि राति नै गरिएको थियो । 

मृत्यु हुनेमा भागलपुरमा विनोद राई, सन्दीप यादव, निलेश कुमार, मिथुन कुमार रहेका छन् । सबै एउटै गाउँका हुन् । यसै क्रममा विषाक्त मदिरा सेवनका कारण अभिषेक कुमारको आँखाको ज्योति गुमेको छ । उनको मायागन्ज अस्पतालमा उपचार भइरहेको छ । साहेबगञ्ज अभिषेक कुमारका ससुरा थिए ।

अर्कोतर्फ, मधेपुराको मुरलीगंज ब्लक मुख्यालयको छेउमा रहेको दिग्घी पञ्चायतको वार्ड २ निवासी नीरज निशान्त सिंह उर्फ बौवा (४०), एलजेपी ब्लक अध्यक्ष (चिराग गुट) नीरज निशांत सिंह उर्फ बवा (३२), नागेन्द्र सिंह र सञ्जीव रमानीका छोरा परौकी सिंह (३२), मुरलीगञ्ज नगर पञ्चायतको वडा–९ निवासी २५ वर्षीयाको मृत्यु भएको छ । जसमा परौकी सिंहको शुक्रबार मृत्यु भएको हो ।
 

प्रतिक्रिया दिनुहोस