aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पर्यटन तथा नागरिक उडययनमन्त्री पदमा लिए भट्टराईले सपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
पर्यटन तथा नागरिक उडययनमन्त्री पदमा लिए भट्टराईले सपथ

काठमाडाैं । पर्यटन तथा नागरिक उडययनमन्त्री पदमा योगेश भट्टराईले सपथ लिएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस