
काठमाडौं । भ्यूटावरका ठेकदार मनोज भेटवालविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर भएको छ । मनोज भेटवा सहित ४ जनाले हुण्डि गरि विदेशी मुद्रा अपचलन गरेको अभियोगमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
दायर गरेको मुद्दामा नेपाल राष्ट्र बैंकको अनुमति नलिइकन गैरकानुनी रुपमा हुण्डि सञ्चालन गरि विभिन्न व्यक्तिको मिलेमतोमा राजकुमार विष्ट, निशा गुरुङ र शिव विष्ट समेत संलग्न रहेको दायर गरिएको मुद्दामा उल्लेख छ । विभागका अनुसार अभिताभ मल्टि प्रपोज नामको कम्पनीको अन्तरिक राजस्व विभागमा सुन्य विवरण बुझाएको तर कम्पनीको खातामा भने करोडौंको कारोबार देखिएपछि विभागले अनुसन्धान गरेको थियो ।
उक्त रकम विभिन्न व्यक्तिका संकलन गरि काठमाडौंमा भ्यू टावरमा लगानी गरेको २६ लाख १५ हजार रुपैयाँ ३४ लाख बराबरका तीन थान चेक, जम्मा ४ करोड २७ हजार ८५० रुपैयाँ समेत गरि ४ करोड ६० लाख बयालिस हजार ८५० रुपैयाँ विगो कायम गरि मुद्दा दायर भएको छ ।
प्रतिक्रिया दिनुहोस