एजेन्सी । युक्रेनकी उपप्रधानमन्त्री इरिना एन्ड्रीभना भेरेश्चुकले आफ्नो देशमा भ्लादिमिर पुटिनजस्तो राष्ट्रपति भएको हेर्न चाहन्थिन् । उनले पुटिनजस्तो राष्ट्रपति पदका उम्मेदवार आफ्नो देशमा आएमा उनलाई भोट दिने बताएकी थिइन । आज उही इरिना पुटिनको हरेक निर्णयको आलोचना गरिरहेकी छिन् र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ढाल बनेर लडाइमा होमिएका छिन् ।
इरिनाको जन्म ३० नोभेम्बर १९७९ मा हालको लिभ ओब्लास्टमा भएको थियो । यहाँबाट उनले आफ्नो स्कुलिङ पूरा गरे र स्वर्ण पदक विजेता भइन् । यसपछि उनले मिलिटरी इन्स्टिच्युट अफ लिभ पोलिटेक्निकमा पढाइ गरिन र त्यसपछि अन्तर्राष्ट्रिय सूचनामा स्नातक गरिन । उनले कानुन पनि पढेकी छिन् । समग्रमा एरेना बाल्यकालदेखि नै पढाइमा अब्बल थिइन् । आफ्नो अध्ययन जारी राख्दै, उनले युक्रेनी राष्ट्रपति अन्तर्गत राष्ट्रिय एकेडेमीमा सार्वजनिक प्रशासन अध्ययन सम्बन्धी समेत गरिन । इरिनाले इन्टर्नशिप र त्यसपछि युक्रेनको क्याबिनेट अफिसमा जागिर पाइन । यद्यपि इरिनाले यसपछि पनि आफ्नो पढाइ जारी राखिन र पीजी गरिन ।
सैन्य विद्यालय पूरा गरेपछि, इरिनाले देशको सेनाको लागि पाँच वर्ष काम गरिन । उनले कानुन पनि पढेकाले एक वर्षभन्दा बढी समय रवा रुस्का नगर परिषद्मा वकिलको रूपमा काम गरिन । त्यसपछि वेस्टन विदेश नीति र मानवीय मुद्दाहरूमा युक्रेनको उपप्रमुख पनि थिइन। उनी सन् २०१० मा मेयरमा निर्वाचित भएकी थिइन् । त्यतिबेला उनी युक्रेनको सबैभन्दा कान्छी महिला मेयर थिइन् । सन् २०१४ मा उनी स्वतन्त्र उम्मेदवारका रूपमा संसदमा चुनाव लडेकी थिइन् तर हारिन । केहीले विरोध गरेपछि उनले मेयरको कुर्सी पनि छोडेका थिए ।
२०१५–१६ को अवधिमा, भेरेचुकले पोल्याण्डमा अध्ययन गरिन र त्यहाँ राजनीति र प्रशासनमा अनुसन्धान समेत गरिन । २०१६–१९सम्म, उनी बाल्टिक र ब्ल्याक सी अध्ययनको लागि अन्तर्राष्ट्रिय केन्द्रको अध्यक्ष थिइन् । यसै क्रममा उनले पीएचडी पनि गरिन । २०१९ मा उनी युक्रेनको संसदमा निर्वाचित भइन् । उनी संसदको Verkhovna Rada समितिको अध्यक्ष थिइन् । यो समितिले राष्ट्रिय सुरक्षा र गुप्तचर प्रणालीको हेरचाह गर्छ । विभिन्न जिम्मेवारी सम्हाल्दै र हेर्दै उनी ४ नोभेम्बर २०२१ मा युक्रेनको उपप्रधानमन्त्री भइन् ।
२०१३ मा, इरिनाले पुटिनको प्रशंसामा धेरै गीत समेत बनाएकी थिइन । त्यतिबेला उनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जस्ता राष्ट्रपति भएको चाहेको बताएकी थिइन् । उहाँ जस्तो नेता आफ्नो देशमा भएको भए उनलाई भोट हाल्ने थिए । किनभने पुटिनले आफ्नो देशको लागि राम्रो काम गरेका थिए भनेर चर्चा गरेकी थिइन् ।
युक्रेनमा रुसको आक्रमण भएको झण्डै एक महिना हुन लागेको छ । अहिलेसम्म रुसले युक्रेनका सबै प्रमुख सहरलाई करिब १००० मिसाइलले निशाना बनाएको छ । हालसम्म ४ करोड ४१ लाख जनसंख्या भएको युक्रेनबाट ३२ लाख देश छाडेको राष्ट्रसंघको दाबी छ । युक्रेनमा युद्धबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका मानिसहरूलाई उद्धार गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ । उद्धारका सम्बन्धमा इरिनाले सञ्चारमाध्यमलाई खार्किभ, डोनेट्स्क र सुमी क्षेत्रबाट ९ हजार मानिसको उद्धार गरिएको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस