
एजेन्सी । विश्वभरी लकडाउन खुकुलो हुन थालेपछि आर्थिक गतिविधिहरू ट्रयाकमा फर्कन थालेका छन् । तर, सन् २०२१ मा ऊर्जाको मूल्य तीव्र गतिमा बढ्यो । जसका कारण लगभग सबै ठूला ऊर्जा कम्पनीको राजस्वमा ह्वात्तै वृद्धि भएको छ ।
साउदीको कम्पनी अराम्कोले यो वर्ष आफ्नो पुँजीगत खर्च ४५ देखि ५० अर्ब डलरले बढाउने बताएको छ । कम्पनीको खर्चमा यो वृद्धि सन् २०२५ सम्म जारी रहनेछ । गत वर्ष कम्पनीले ३१.९ बिलियन खर्च गरेको थियो ।
केहि महिनायता तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । युक्रेनको युद्ध र ऊर्जा आपूर्तिका लागि रूसमा निर्भर रहन नचाहने ऊर्जा आपूर्तिमा थप दबाब परेको छ । साउदी कम्पनीको यो कदमलाई लिएर ऊर्जाको उच्च मूल्यबाट समस्यामा परेका राजनीतिज्ञहरुले स्वागत गर्ने विश्वास गरिएको छ । अराम्कोले उत्पादन बढाउन लगानी बढाउने निर्णय गरे पनि योजना आगामी पाँचदेखि आठ वर्षको हो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत हप्ता साउदी अरबको भ्रमण गरेका थिए । यस भ्रमणमा बोरिस जोनसनले साउदी अरेबियालाई छोटो अवधिका लागि विश्व बजारमा तेलको आपूर्ति बढाउन मनाउन खोजेका थिए ।
तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकमा साउदी अरब सबैभन्दा ठूलो उत्पादक हो। तेलको मूल्य पछिल्लो १४ वर्षयताकै उच्च स्तरमा रहेको छ । साउदी अरेबियाले उत्पादन बढाए मूल्य घटाउन सक्ने विश्वास गरिएको छ ।
यसको जवाफ दिँदै बेलायती कुलपति ऋषि सुनकले प्रधानमन्त्रीले साउदी अरेबियासँग ऊर्जा आपूर्ति बढाउन गरेको वार्ता पूर्णतया सही भएको बताए । कोरोना महामारीका बेला विश्व ऊर्जा बजारमा माग र आपूर्ति प्रभावित भएको थियो । जसका कारण तेलको मूल्यमा उल्लेख्य गिरावट आएको थियो । आर्थिक गतिविधिमा आएको मन्दीका कारण सन् २०२० मा अरामकोको नाफामा भारी गिरावट आएको हो ।
प्रतिक्रिया दिनुहोस