aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक सय ३३ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
एक सय ३३ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना

एजेन्सी । चीनमा १३३ यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको विमान गुआङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उक्त विमान पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । 

मृतकको संख्या अझै थाहा हुन सकेको छैन । बोइङ ७३७ जेटको विमान दुर्घटना भएको जंगलमा आगो लागेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उक्त क्षेत्रमा उद्धार टोली खटाइएको छ पनि उल्लेख गरिएको छ । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ।  

प्रतिक्रिया दिनुहोस