
एजेन्सी । ऋणमा डुबेका किशोर बियानी नेतृत्वको फ्युचर रिटेलको समस्या झन बल्झिएको छ । कम्पनीले रिलायन्स रिटेलसँग २४,७१३ करोडको सम्झौतालाई लिएर विशाल ई–कमर्स कम्पनी अमेजनसँग करिब डेढ वर्षदेखि कानुनी लडाइँ लडिरहेको छ । अर्कोतर्फ फ्युचर समूहका लगानीकर्ता यही तनावपूर्ण अवस्थाका कारण मर्कामा परेका छन् ।
सोमबार किशोर बियानीको कम्पनी फ्युचर रिटेलको शेयर मूल्यमा पनि भारी गिरावट आएको छ । यसरी पछिल्ला दुई सत्रमा कम्पनीको शेयर लगभग १५ प्रतिशतले घटेको छ । सोमबार दिउँसो २ः१० बजे कम्पनीको शेयर (रिलायन्स रिटेल सेयर मूल्य) ६ दशमलव २० प्रतिशतले घटेर ३६.३० रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीको शेयर एकैपटक ३५.३५ रुपैयाँमा घटेको थियो । यो कम्पनीको शेयरको ५२ हप्ताको न्यून बिन्दु हो । बिहीबार कम्पनीको शेयर बीएसईमा ८ प्रतिशतभन्दा बढीले घटेर ३८.७० रुपैयाँमा बन्द भयो । यस स्टकको ५२ हप्ताको उच्च बिन्दु रु ७६.२५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस