aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दर्जनभन्दा बढी नेटोका जहाजहरू स्टकहोम प्रस्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
दर्जनभन्दा बढी नेटोका जहाजहरू स्टकहोम प्रस्थान

ब्रसेल्स बेल्जियम । सैन्य अभ्यास पछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ। युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन् ।

ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ। ती जहाजहरुको यात्रा जारी रुस(युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ। 

याता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले  भने नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउँदै गरेको बताएका छन् । डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले कीभ सेनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाही  शुरु गरेको हो। एएनआई–स्पुतनिक

प्रतिक्रिया दिनुहोस