aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

१३४ देशसँग व्यापार घाटा, २३ देशसँग नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
१३४ देशसँग व्यापार घाटा, २३ देशसँग नाफा

मुलुकले गएको वर्ष १५७ देशसँग व्यापार गरेकोमा १३४ वटा देशसँग व्यापार घाटा भएको छ ।

यद्यपि न्युन परिमाणमा व्यापार हुने २३ मुलुकसँग भने नेपालको व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेका देशमा दक्षिण एसियाली देश अफगानिस्तानदेखि न्यु क्यालेडोनियासम्म रहेका छन् ।

मुलुकले कम सामान आयात गरेर धेरै निर्यात गरेका २३ वटा देश रहेका छन् । व्यापार नाफा रहेका देशहरुमा आर्मेनिया, काजकस्तान, यमन, बाहमाज, बर्मुडा, अल्जेरिया, पनामा, रुवान्डा, मौरिसस, न्यु क्यालेडोनिया, माल्दिभ्स, मोनाको, सुडान, गिनी लगायत रहेका छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस