aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

काठमाडौँ महानगरले ल्यायो २५ वटा कानुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
काठमाडौँ महानगरले ल्यायो २५ वटा कानुन

काठमाडौं महानगरपालिकाले आ.व. २०७५/७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ ।

ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि, सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, (२०७५) लगायत छन् ।

उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवर्धन गर्न सहरी क्षेत्रको झण्डै १ सय ६० स्थानमा करिब ५ करोड लगानीमा महानगरीय प्रहरीको सहकार्यमा मुख्य–मुख्य चोकहरुमा सिसिटिभी क्यामरासहितको ट्राफिक लाइट राख्ने जस्ता कार्यहरूले निरन्तरता पाएका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस