
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)को योजना अनु्सार परियोजना लागू गराउन थालेको छ । एमसीएले मंगलबार गोरखापत्र राष्ट्रिय दैनिकमा एक सूचना जारी गर्दै नुवकोटको रातमाटेमा सबस्टेसन बनाउन खरिद गरेको जग्गाका धनीलाई घरजग्गा खाली ३५ दिन सूचना जारी गरेको छ ।
एमसीएले उक्त जग्गामा घेराबारा गरेर आयोजना कार्यान्वयनका लागि पूर्वतयारीको काम थाल्ने सूचनामा उल्लेख गरेको छ । नुवाकोटको रातमाटेमा एमसीसी परियोजनाका लागि एमसीएले ३८५ रोपनी जग्गा १ अर्ब ३५ करोड रुपैयाँमा खरिद गरेको छ ।
करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सबस्टेसन निर्माण गर्ने र ७७ किलोमिटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने गरी यो आयोजना कार्यान्वयनमा लगिने जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस