काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीकी सांसद दुर्गा पौडेलसँग सम्बन्धित समाचारप्रति पौडेल र उनको पार्टीले आपत्ति जनाएको छ । ‘अर्धभूमिगत नेता सिंहद्वारा भारतीय राजदूतसँग गोप्य वार्ता’ सम्बन्धी समाचारमा सांसद पौडेल र उनको पार्टीले आपत्ति जनाएको हो ।
उक्त समाचार आर्थिकन्युज डटकमको आफ्नै समाचार नभएर यसको ‘पत्रपत्रिका’ स्तम्भमा प्रकाशित समाचार हो ।आर्थिकन्युज डटकमले ‘पत्रपत्रिका’ स्तम्भमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारलाई साभार गर्दै आएको छ । सांसद पौडेलसँग सम्बन्धित उक्त समाचार पनि त्यहीअन्तर्गत हो ।
आर्थिकन्युज डटकमले साभार गरेको सो समाचारप्रति असहमति राख्दै सांसद पौडेल र उनको पार्टीले प्रेस काउन्सिल नेपालमा उजुरी गरेकी छिन् । प्रकाशित समाचारप्रति कुनै असहमति भए सिधैं सम्बन्धित सञ्चार माध्यममा खण्डन पठाउन सकिन्छ । तर, सांसद पौडेल र उनको पार्टीले त्यो बाटो नरोजेर प्रेस काउन्सिलमा उजुरी गरेपनि काउन्सिलले खण्डन प्रकाशित गर्न निर्देशन दिए अनुसार यो समाचार प्रकाशित गरिएको हो ।
सो समाचार आर्थिकन्युज डटकमको आफ्नै उत्पादन नभए पनि नियमक निकाय प्रेस काउन्सिल नेपालको निर्देशनको सम्मान गर्दै सांसद पौडेल र उनको पार्टीले व्यक्त गरेका असहमति जस्ताको त्यस्तै प्रकाशित गरेका छौं ।
प्रतिक्रिया दिनुहोस