aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आफ्नै कम्पनीलाई अर्बौंको ऋण, २ अर्ब भन्दा बढि अपचलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
आफ्नै कम्पनीलाई अर्बौंको ऋण, २ अर्ब भन्दा बढि अपचलन

काठमाडौं । ललितपुमा कार्यालय रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रम७३घढसख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका कतुर्सतहरु एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । कुनै समय मिटरव्याजका डन महेश सिंहले अवैध रुपमा असुलेको पैसा भण्डारण गर्ने संस्थाको रुपमा चिनिएको लालीगुराँस सहकारी भण्डारीकै कारण अहिले बद्नाम भइरहेको छ । 

सिंह र भण्डारीको सम्बन्ध अहिले पनि रहेको छ । भण्डारीले राज्यका कानुन र नियमन गर्ने निकायलाई नै चुनौती दिंदै आफ्नै स्वामित्वमा रहेको विभिन्न कम्पनीको नाममा करोडौं ऋण निकालेर अपचलन गरेको भेटिएको छ । लालीगुराँसकै ब्रान्ड नामबाट सञ्चालित कम्पनी, फाउन्डेशन र हस्पिटल मार्फत उनले करोडौं ऋण निकाल्ने गरेको तथ्य फेला परेको हो । 

भण्डारीकै स्वामित्व रहेका दर्जनभन्दा बढी कम्पनीहरुमा अस्वभाविक ऋण प्रवाह भएको पाइएको छ । स्रोतका अनुसार मास्टर लिस्टमा करोडौं रकमको कर्जा उनकै कम्पनीले सस्तो ब्याजमा लिएको पाइएको छ । लालीगुराँस समुकै लगानी रहेको, लालीगुराँस एजुकेशन फाउन्डेशन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, हस्पिटल प्रालि, लालीगुराँस जनस्वास्थ्यलगायत दर्जनौँ कम्पनीमा सहकारीले करोडौं ऋण प्रवाह गरेको छ ।

स्टेटमेन्ट अनुसार सन् २०१४ डिसेम्बर १० मा ७नतसी लालीगुराँस एजुकेशन फाउन्डेशनको नाममा ४५ लाख रुपैयाँ ऋण प्रबाह भएको देखिन्छ
। त्यस्तै सोही दिन सोही एजुकेशन फाउन्डेशनको नाममा एक पटक ५२ लाख र अर्कोपटक १ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ
। एकै दिन सहकारीले फाउन्डेशनको नाममा एक करोड ६८ लाख ऋण प्रवाह गरेको देखिएको छ । सन् २०१५ अक्टोबर ९ मा सोही
एजुकेशन फाउन्डेशनको नाममा फेरि अर्को ५० लाख ऋण प्रवाह भएको देखिएको छ ।

सन् सन् २०१६ अक्टोवर २ मा फाउन्डेशनले ५५ लाख ८ हजार ७ सय १६ रुपैयाँ ऋण लिएको देखिन्छ । २०१७ अप्रिल २० मा फाउन्डेशनकै नाममा दुई पटक गरी २ करोड ८० लाख रुपैयाँ निकालिएको छ । त्यसो त सन् २०१६ जुलाई १५ मा  लालीगुराँस प्रोफेशनलको नाममा ४७  लाख रुपैयाँ सहकारीबाट ऋण लिएको देखिन्छ ।

 सहकारीका सिइओ भण्डारी सहितको स्वामित्वमा स्थापना भएको उक्त फाउन्डेशनले नयाँ बानेश्वर स्थित शंखम७३घढसलचोकमा लालीगुराँस माबी सञ्चालन गरेको छ । नाफामुखी कलेजमा सर्वसाधरणको लगानी भएको सहकारीबाट करोडौँ रकमलगानी गरेर भण्डारीको समुसहले एकतर्फी फाइदालिइरहेको छ । 

त्यस्तै भण्डारीकै सम७त्रगयतसहको लगानी रहेको अर्को प्रोजेक्ट हो, लालीगुराँस हस्पिटल प्रालि । ललितपुरको सातदोबाटोमा सञ्चालित उक्त
अस्पतालको नाममा पनि करोडौं ऋण प्रबाह भएको देखिएको छ । तर, अस्पताल भने जिर्ण अवस्थाको छ ।  लालरुराँस जनस्वास्थ्य र लालीगुराँस
हस्पिटलको नाममा करोडौं ऋण प्रवाह भएको हो । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारी नै उक्त अस्पतालका अध्यक्ष हुन् । 

स्टेटमेन्ट अनुसार भण्डारीले लालीगुराँस जनस्वास्थ्यको नाममा सन् २०१६ ज७३घढसलाई १५ मा चार करोड ९३ लाख रुपैयाँ ऋण निकालेका छन् । त्यस्तै सोही नाममा भण्डारीले सोही मितिमा अर्को ९ करोड ऋण निकालेका छन् । सन् २०१७बmउस मार्च १२ मा लालीगुँरास हस्पिटलको नाममा एक करोड ५० लाख ऋण निकालिएको देखिएको छ । त्यस्तै सोही दिन अर्को पटक १ करोड ४० लाख रकम ऋण निकालेको देखिन्छ । 

लालीगुराँस हस्पिटलको नाममा सन् २०१७बmउस ज७३घढसलाई १३ मा अर्को एक करोड रुपैयाँ भण्डारीले निकालेका छन् । सन् २०१७ जुन १३ मा  ालीगुराँस हस्पीटलकै नाममा भण्डारीले २० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । सन् २०१५ मे २६ मा भण्डारीले हस्पिटलकै नामबाट १५ लाख रुपैयाँ ऋण लिएको स्टेटमेन्टमा देखिन्छ । लालीगुराँस हस्पिटलकै नाममा सन् २०१६ डिसेम्बर १८ मा ५८ लाख रुपैयाँ निकालेको देखिएको छ ।

त्यस्तै सन् २०१३ अगस्ट २२ मा हस्पिटलकै नाममा ८ लाख १३ हजार २ सय १३ रुपैयाँ ऋण निकालिएको छ । ललितपुकै भनिमण्डलका कार्यालय रहेको जया लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको काम जग्गा दलाली धन्दा हो । सो कम्पनीका मुख्य लगानीकर्ता नै सुरेन्द्र भण्डारी हुन् । भण्डारीले उक्त कम्पनीको नाममा पनि करोडौं ऋण निकालेका छन् । स्टेटमेन्ट अनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनीको नाममा लालीग७३घढसराँस सहकारीबाट १ करोड ११ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।

त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । सन् २०१६ मे ६ मा जय ७नतसी लालीगुराँस इन्भेष्टमेन्ट
एण्ड ट्रेडिङ प्रालीको नाममा ९५ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ ।  लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा लाली गुसराँस सहकारीले चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर ११ मा गाई फार्म सञ्चालन गरेको छ ।

मुख्य लगानीकर्ता रहेका सहकारीका सुरेन्द्र भण्डारीले यो फार्मलाई सहकारीको दूरुपयोग गर्ने प्रमुख गन्तव्य बनाएका छन् । सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ९ हजार २ सय ८९ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । तर, १५ करोड लगानीको कुनै भौतिक संरचना वा लगानी भने देखिँदैन । यतिका रकम निकाल्दा ब्याजदर भने शुन्य प्रतिशत उल्लेख छ ।  आजको युनाइटेड पोष्टबाट 

प्रतिक्रिया दिनुहोस