aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

५० घण्टापछि जंगलमा भेटिइन् बालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
५० घण्टापछि जंगलमा भेटिइन् बालिका

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् ।

घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् ।

सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ ।

उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस