aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा बम विष्फोट गराउने धम्कीपछि दिल्लीको मिनीबजार बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
भारतमा बम विष्फोट गराउने धम्कीपछि दिल्लीको मिनीबजार बन्द

एजेन्सी । भारतको  राजधानी दिल्लीमा फेरि एक पटक आतंककारीको खतरा बढेको छ । तेहरिक–ए–तालिबानको इन्डिया सेलले दिल्लीमा आक्रमण गर्ने धम्की दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । धम्की पाएपछि दिल्लीभर हाई अलर्ट जारी गरिएको छ । दिल्ली पुलिसले मंगलबार राति सरोजिनी मार्केट सहित धेरै बजारहरूमा खोजी अभियान पनि चलाएको छ ।

दिल्ली पुलिसको स्पेशल सेलका एक अधिकारीले तेहरिक–ए–तालिबानको नाममा केही व्यक्तिहरूलाई धम्की दिने इमेल पठाइएको जनाएको छ ।   उक्त धम्कीमा भारतको  राजनधानी दिल्लीमा बम विस्फोट गराउने भनिएको छ । यी व्यक्तिहरूले यी इमेलहरूको बारेमा उत्तर प्रदेश प्रहरीमा उजुरी गरे । यूपी पुलिसले तुरुन्तै दिल्ली पुलिसलाई यस बारे जानकारी गरायो ।

आक्रमणको सूचना पाएलगत्तै दिल्ली प्रहरीले संवेदनशील स्थानहरूमा बल बढाएको छ । सोही क्रममा सरोजिनीनगर बजारमा केही घण्टा खोजी अभियान चलाइएको थियो । यस्तै खोजी अभियान दिल्लीका केही अन्य बजारहरूमा पनि रिपोर्ट गरिएको छ । 

सरोजनीनगर मिनीबजार व्यापारी संघका अध्यक्ष अशोक रन्धावाले सुरक्षाका कारण बजार बन्द गरिएको बताए । “खतरालाई ध्यानमा राख्दै, दिल्ली पुलिसलाई बजार बन्द गर्न आदेश दिइएको छ,“ उनले भने । तर, दिल्ली पुलिसले यस्तो कुनै आदेश प्राप्त गर्न अस्वीकार गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस