aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बोइङ ७३७ चीनमा दुर्घटना भएपछि विश्वभरीका विमानमा सर्तकता अपनाइदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
बोइङ ७३७ चीनमा दुर्घटना भएपछि विश्वभरीका विमानमा सर्तकता अपनाइदै

एजेन्सी । चीनमा सोमबार बोइङ यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि बोइङका विमानहरुमा सतर्कता बढाएको छ । भारतको नागरिक उड्डयन महानिर्देशकले  विमान उडानहरू नियमन गर्ने निकायले यस सम्बन्धमा दिशानिर्देश जारी गरेको छ । डीजीसीएले सबै बोइङ ७३७ विमानलाई पहिलेभन्दा बढी निगरानी गर्न आदेश जारी गरेको छ ।

डीजीसीएका अनुसार, “उडान प्रक्रियाहरू अनुगमन गर्न, विमानको वायुयोग्यता परीक्षण गर्न र तिनीहरूको सञ्चालन जाँच गर्न टोलीहरू पठाइएको छ ।’’ डीजीसीएका प्रमुख अरुण कुमारले भने, “उडानको सुरक्षा एकदमै गम्भीर मुद्दा हो र हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं । हामीले हाल बोइङ ७३७ विमानको हाम्रो फ्लीटको निगरानी बढाएका छौं ।’’

यो थाहा छ कि स्पाइसजेट, विस्तारा र एयर इण्डिया एक्सप्रेस सबैको भारतमा बोइङ ७३७ विमानहरू छन् । अमेरिका, युरोप र चीनका उड्डयन नियामकहरूसँग पनि उनीहरूको टिप्पणीलाई लिएर चर्चा हुन थालेको छ ।

यसैबीच यो विमान बनाउने अमेरिकी कम्पनी बोइङले आफ्ना प्राविधिक विज्ञ चीनमा भएको दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको छ । यसका साथै अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (ल्त्क्द्य) सँग पनि वार्ता भइरहेको छ ।

बोइङले सोमबार सामाजिक सञ्जाल ट्विटरमा यसबारे ट्वीट गर्दै यो प्रस्ताव गरेको हो । कम्पनीले यसअघि दुर्घटनामा मारिएका व्यक्ति र चालक दलका सदस्यहरूप्रति समवेदना प्रकट गर्दै सहयोगको प्रस्ताव गरेको थियो ।

नागरिक उड्डयन क्षेत्रको डाटा ट्र्याक गर्ने कम्पनी सिरियमका अनुसार हाल विश्वमा ४ हजार २०८ बोइङ ७३७–८०० विमान सञ्चालनमा छन् । तीमध्ये एक चौथाइभन्दा बढी विमान चीनमा मात्रै छन् । बोइङ ७३७–८०० विमानको उत्पादन पहिलो पटक सन् १९९७ मा सुरु भएको थियो । 

यसको सुरक्षा रेकर्ड उत्कृष्ट छ । यद्यपि सोमबार चीनमा दुर्घटना भएको विमान ७ वर्ष पुरानो थियो ।कम्पनीले अहिलेसम्म दुईवटा बोइङ ७३७ म्याक्स विमानसँग दुईवटा दुर्घटनामा परेका छन । जसमा कुल ३ सय ४६ जनाको मृत्यु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस