aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हिरो मोटोकर्पका अध्यक्षको घर र कार्यालयमा आयाकरको छापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
हिरो मोटोकर्पका अध्यक्षको घर र कार्यालयमा आयाकरको छापा

एजेन्सी । हिरो मोटोकर्पका अध्यक्ष तथा प्रबन्ध निर्देशक (एमडी) पवन मुंजालको घर र कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ । उनको गुडगाउँस्थित घर र कार्यालयमा बुधबार बिहानैदेखि खोजी भइरहेको बताइएको छ । मुन्जालमाथि आफ्नो खातामा फर्जी खर्च देखाएको आरोप लागेको छ । यसका लागि आयकर विभागले छापा मारिरहेको छ । 

छापा मारिएपछि कम्पनीको शेयर २ प्रतिशतले घटेको छ । हिरो मोटोकर्पको स्टक पछिल्लो एक सातामा १ प्रतिशतले घटेको छ । स्टक एक महिनामा ११ प्रतिशत घटेको छ । शेयरले यो वर्ष हालसम्म ४ प्रतिशत ऋणात्मक प्रतिफल दिएको छ । 

फोर्ब्सका अनुसार ६८ वर्षीय पवन मुंजालको कुल सम्पत्ति ३.२ बिलियन डलर  छ । सन् २०२१ मा भारतकै धनी व्यापारीको सूचीमा मुञ्जाल ५४ औं स्थानमा परेका थिए । योसँगै २०२१ अर्बपतिको सूचीमा उनी ६६५ नम्बरमा छन । मुंजालका तीन सन्तान वसुधा मुंजाल, अनुब्रता मुंजाल र सुप्रिया मुंजाल छन् ।

प्रतिक्रिया दिनुहोस