aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइएमई र मिदासबीच सहकार्य, निशुल्क ई‐लर्निङको ब्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
आइएमई र मिदासबीच सहकार्य, निशुल्क ई‐लर्निङको ब्यवस्था

काठमाडौं । आइएमई र मिदास एजुकेशन प्रालि सँगको सहकार्यमा र्ई‐लर्निङ  प्रवद्र्धन अभियान सुरु भएकोे छ । सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ ( ८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको हो । 

यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइने कम्पनीले जनाएको छ ।

लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिङकमा क्लिक गरेर एमआइ ड्यास इ क्लास सरलीकरण शिक्षा एप इन्सटल गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।  

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक÷शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ ।

एमआइ ड्यास इ क्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो ।


 

प्रतिक्रिया दिनुहोस