aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ठगीमा परिवारै संलग्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
ठगीमा परिवारै संलग्न

नेपाली युवालाई आकर्षक कमाइ हुने लोभ देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर ठगी गर्ने धन्दामा परिवारै संलग्न रहेको एउटा घटना सार्वजनिक भएको छ ।

विदेशको चक्करमा डुबेको रकम फिता र असुल गर्नेमाथि कारबाही हुनुपर्ने माग राख्दै पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएपछि यो घटना बाहिरिएको हो ।

नसरीको बराह क्षेत्र नगरपालिका –६ को एउटा परिवारले तीन वर्षदेखि १३ जनासँग ७० लाख रुपियाँ ठगी गरेको खुलेको कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । ठगीको मुख्य योजना बनाउने ३३ वर्षीय आशीष काफ्ले ग्रिसमा छन् ।
आफु विदेशमा बसे पनि टेलिफोन र सामाजिक सञ्जालमार्फत आफुसँग सम्पर्कमा रहेकालाई राम्रो कमाइका लागि इराक, पोर्चुगल, जर्मन, सिंगापुर, साइप्रस, ग्रिस,लगायतका देशमा पठाइदिने भन्दै तीन वर्षदेखि उनले ठगी गर्ने गरेको सञ्जेलले बताए ।

उनका अनुसार बाबु प्रजापति काफ्ले र आमा कविताले घरमै बसेर आफ्नो छोराले तत्काल विदेश पठाइदिने भन्दै झुक्याएर युवासँग रकम असुल्ने गरेको पनि पाइयो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस