aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शैक्षिक क्षेत्रमा उच्च योगदान पुर्याएका स्व. घिमिरेको सालिक अनावरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
शैक्षिक क्षेत्रमा उच्च योगदान पुर्याएका स्व. घिमिरेको सालिक अनावरण

काठमाडौं । नवलपरासीको नवलपुरको शैक्षिक क्षेत्रमा उच्च योगदान पुर्याएएका स्वर्गीय महाशर्मा घिमिरेको अर्धकदको शालिक अनावरण भएको छ। सोमबार देवचुली १४ मा अवस्थित जनज्योति नमूना माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सवको अवसरमा विद्यालय हाताभित्र निर्माण गरिएको स्व घिमिरेको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनावरण गरेका हुन । उनका जेठा छोरा तारानाथ घिमिरेको अथक प्रयासले सालिक अनावरणसम्म पुगेको हो । 

 अनावरण पश्चात् स्व घिमिरेको कृतित्वलाई स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले उनी एक शैक्षिक व्यक्तित्व मात्रै नभई अनुकरणीय अग्रज पुरुष भएको चित्रण गरेका थिए। उनले महाशर्मा घिमिरे जस्ता शैक्षिक व्यक्तित्वले गर्दा नै आजको शिक्षा यहाँसम्म पुगेको बताएका थिए। विद्यालय हाताभित्र निर्माण गरिएको सो शालिक स्व घिमिरेका विद्यार्थीहरु  र परिवारजनको आर्थिक सहयोगमा निर्माण गरिएको हो।

सालिक निर्माणका लागि गठन गरिएको समितिका संयोजक खेमराज भट्टराईले घिमिरेको प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक जगन्नाथ शर्मा लम्साल र रितु न्यौपानेलाई सम्मान गरिएको थियो साथै सिने जगतका हास्यकलाकार बसुन्धरा भुसाललाई समेत सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस