
एजेन्सी । विद्युतीय कारको संसारमा कम्पनीको अमेरिकी कम्पनी ‘टेस्ला’ चर्चित छ । तर, अब एक भारतको गुजराती व्यापारीले टेस्लासँग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । गुजरातको बोर्सद निवासी हिमांशु पटेलको स्वामित्वमा रहेको अमेरिकी कम्पनी ‘ट्रिटन’ले गुजरातमा विद्युतीय कार निर्माण गर्दै टेस्लासँग प्रतिस्पर्दा गर्न तयार भएका हुन । गुजरात सरकार र कम्पनीबीच ४ अप्रिलमा सम्झौता हुनेछ ।
हिमांशु पटेलले गुजरातमा पहिलो उत्पादन कारखाना स्थापना गर्ने बताएका छन । यहाँ ६०० एकडभन्दा बढी क्षेत्रफलमा ३० लाख वर्ग फुटको अत्याधुनिक उत्पादन कारखाना स्थापना गर्ने योजना बनाएका छ । हिमांशु पटेलले भनेका छन्, ‘केही समयअघि म मेरो टोलीसँग गुजरात आएको थिएँ । यसै क्रममा मुख्यमन्त्री भूपेन्द्र पटेलसँग भेटवार्ता भएको थियो । उनीसँग विद्युतीय कार उत्पादन गर्ने प्लान्टका बारेमा विस्तृत छलफल भएको थियो । गुजरातमा हामी कारसँगै ट्रक पनि बनाउने सोचमा छौं ।’
हिमांशु पटेलले गुजरातमा विद्युतीय सवारी साधनको उत्पादनसँगै विद्युतीय सवारी साधनको नेटवर्क पनि स्थापना गर्ने बताए । उनले भने,‘हामी चाँडै ब्याट्री निर्माताहरू, अटो पार्ट्स निर्माताहरू र चार्जिङ स्टेशन निर्माताहरूसँग वार्ता गर्नेछौं । कम्पनीको वेबसाइटका अनुसार ट्राइटनले इलेक्ट्रिक कार, ट्रक र डिफेन्स गाडीहरू निर्माण गर्छ ।’
कम्पनीले तेलंगाना सरकारसँग जुन २०२१ मा उत्पादन कारखाना स्थापना गर्न सम्झौता पनि गरेको थियो। तर, केही कारणले यो विषय अगाडि बढ्न सकेको छैन । कम्पनीले तेलंगानामा प्लान्टको लागि २००० करोड रुपैयाँ भारु लगानी गर्न लागेको हुन । यसले २५,००० नयाँ रोजगारी सिर्जना गर्न सक्छ । तर, अब यो अवसर गुजरातको हातमा हुन लागेको छ ।
गुजरातको आनन्द नजिक बोर्सदका मूल निवासी हिमांशु पटेल अमेरिकामा करिब डेढ दशकदेखि इलेक्ट्रोनिक्स र इलेक्ट्रिक भेहिकल क्षेत्रमा आवद्ध थिए । उनीहरुले ट्राइटन सोलार र ट्राइटन ईभी दुई कम्पनी बनाएका छन् । ट्राइटनले सौर्य ऊर्जा भण्डारण र ब्याट्रीहरूमा काम गर्छ, जबकि ट्राइटनले इभी इलेक्ट्रिक कार र ट्रकहरू बनाउँछ ।
प्रतिक्रिया दिनुहोस