aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युक्रेनका राष्ट्रपतिले विश्वलाई सडकमा आएर युक्रेनलाई समर्थन गर्न आग्रह गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
युक्रेनका राष्ट्रपतिले विश्वलाई सडकमा आएर युक्रेनलाई समर्थन गर्न आग्रह गरे

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार विश्वभरका मानिसहरूलाई युक्रेनको समर्थन देखाउन सडकमा आउन आग्रह गरेका छन् । उनले आफ्नो नयाँ भिडियो सम्बोधनमा यस्तो बताएका हुन् । युद्ध सुरु भएयता उनले अंग्रेजीमा सम्बोधन गरेको यो पहिलो पटक हो ।

“रूसको युद्ध युक्रेन विरुद्ध मात्र होइन, तर जताततै जनताको स्वतन्त्रता विरुद्ध हो, र विश्वले रुसको बर्बर बल प्रयोग रोक्न आवश्यक छ,“ उनले भने । उनले विश्वभरका मानिसहरूलाई अपील गरे, “आफ्नो कार्यालय, आफ्नो घर, विद्यालय र विश्वविद्यालयहरूबाट बाहिर निस्कनुहोस्, शान्तिको नाममा बाहिर निस्कनुहोस् ।  युक्रेनको समर्थन गर्न, स्वतन्त्रताको समर्थन गर्न, जीवनको लागि लड्नको लागि सडकमा निस्कनुहोस् ।’’ 

जेलेन्स्कीको सम्बोधन ब्रसेल्समा नाटो शिखर सम्मेलनको केही घण्टा अघि आयो । जहाँ पश्चिमी देशहरू पूर्वी युरोपका केही भागहरूमा सुरक्षा सुदृढ पार्न सहमत हुने अपेक्षा गरिएको छ । रुसी आक्रमणको एक महिना पूरा भएको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त बैठकमा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस