aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे :  नेटो प्रमुख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे :  नेटो प्रमुख

ब्रसेल्स । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ूठूलो गल्तीू गरेको आरोप लगाएका छन् । ूराष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो, उनले भने।

उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्, ”स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि भनेका छन्।

स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर ूलामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनस् स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ। एएफपी

प्रतिक्रिया दिनुहोस