
एजेन्सी । भारतमा एक सातामा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । एक दिनको राहतपछि शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ । अहिले दिल्लीमा पेट्रोल ९७.८१ रुपैया÷लिटर र डिजेल ८९.०७ रुपैंया भारु प्रतिलिटर भएको छ ।
योसँगै अहमदाबादमा पेट्रोल ९७.५२ रुपैयाँ÷लिटर र डिजेल ९१.६१ रुपैयाँ भारु प्रतिलिटर भएको छ । पछिल्लो मूल्यवृद्धिपछि चार दिनमा डिजेल–पेट्रोल २ रुपैयाँ ४० पैसा भारु महँगो भएको छ । मंगलबार घरेलु ग्यास सिलिण्डरको मूल्य ५० रुपैयाँ भारु बढाएको छ ।
बिहार, मध्यप्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४.२ केजीको ग्यासमा सब्सिडी भएपनि प्रति सिलिण्डरको मूल्य बढेर प्रति सिलिण्डर एक हजार रुपैयाँ भारुभन्दा माथि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस