
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले ७५/७६ मा १ अर्ब ९० करोड ८३ लाख बजेट विनियोजना गरिएकोमा हाल सम्म १ अर्ब ४० करोड ३६ लाख रूपैंयाँ बजेट ५ वटा निमार्ण कार्यको लागि खर्च गरेको छ ।
उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाको लागि ६४ करोड, ललितपुर जिल्लाको लागि १९ करोड ७८ लाख, भक्तपुर जिल्लाको लागि ६ करोड ५४ लाख र बाहिरी चक्रपथको लागि २ करोड बजेट छुट्याएको काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर भागवत खोखालीले बताए ।
उपत्यका विकास प्राधिकरणले गरेका ५ कार्य
उपत्यका विकास प्राधिकरणले गरेका ५ कार्य मध्ये सडक विस्तार,सडक विस्तार गर्दा आंशिक रूपको क्षतिपूर्ति, सार्वजनिक जग्गा व्यवस्थापन, विपत व्यवस्थापन, र जिएल्डी कार्यको लागि बजेट छ्ुट्याएको थियो ।
उक्त बजेट मध्ये भौतिक प्रगतिमा ८६ प्रतिशत र वित्तिय प्रगतिमा ७६ प्रतिशत खर्च भएको खोखालीको भनाइ छ ।
प्राधिकरणमा केन्द्रबाट पनि १९ करोड १४ लाख रूपैयाँ विनियोजन गरिएको छ उक्त बजेट नयाँ नगर र अन्य कामको लागि पनि खर्च भएको छ ।
सार्वजनिक जग्गा यसरी हुदै छ संरक्षण
उपत्यका विकास प्राधिकरणले ४६ वटा सार्वजनिक जग्गाको व्यवस्थित रूपमा संरक्षण गरेको दाबी गरेको छ ।
प्राधिकरणले एक वर्षमा कम्तीमा ४ वटा सार्वजनिक जग्गाको संरक्षण र पार्क निर्माण गर्ने गरेको उपत्यका विकास प्राधिकरणका इन्जिनियर भागवत खोखालीले बताए ।
विकास प्राधिकरणले एक रोपनी भन्दा माथि रहेका जग्गालाई मात्र संरक्षण गर्ने र एउटा जग्गा बराबर ५० लाख खर्च गर्ने प्राधिकरणले जनाएको छ । मानिसलाई काठमाडौंको धुवा धुलोबाट मुक्त रहेर हरीयाली र शान्त वातावरणमा रमाउन सक्ने अवस्था सृजन ागर्नको लागि उक्त पार्क निमार्ण गरिएको हो ।
प्राधिकरणले हाल उपत्यका भित्र ६ ठाउँमा सार्वजनिक जग्गाको संरक्षण गरी पार्क निमार्ण कार्य सुरू गरेको छ । उक्त प्रोजेक्ट डेढ वर्षको रहेको छ । काम सुरू भएको ४ महिना भएको प्राधिकरणले जनाएको छ ।
यस प्रोजेक्ट दुइ वटा कम्पनिले ठेक्का लिएका छन् । एउटा समानान्तर र उमा तेज जेभीले ७ करोड ८६ लाख बजेटमा ५ वटा साइडको ठेक्का लिएका छन् भने अर्को ठेक्का उमा कौशिल बस्नेत र सिवालय जेभीले ४ करोड २८ लाख रूपैयामा ३ वटा साइडको काम सुरू गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हाल संरक्षण गर्न लागेको सार्वजनिक जग्गा मध्य काठमाडौं महानगरपालिकाको ३२ वडामा रहेको २१ रोपनी जग्गा संरक्षण भएको, का.म.न.पाको १४ वडाको खुसीपुरमा रहेको १५ रोपनी जग्गामा पार्क निमार्ण, का.म.न.पाको रामहिटी ७ मा रहेको १७ रोपनी जग्गामा पार्क संरक्षणको काम अन्तिम चरणमा, बुढानिलकण्ठ नगरपालिकाको २ वडामा १४ रोपनी जग्गामा पार्क निमार्ण, बु.न.पाकै जगनाथ मन्दिर भन्दा पछाडि २० रोपनी जग्गामा पार्क निमार्णको कार्य अगाडि बढिरहेको छ भने कागेश्वरी मनोहरा मुलपानीको हरहर महादेव संगै रहेको १३ रोपनी जग्गामा पार्कको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
धोबीखोला करिडोर संगै रहेको साढे ५ रोपनी जग्गा संरक्षण तथा पार्क निर्माण भैरहेको छ भने का.म.नपाको नाकहिटी परिसरको जग्गा संरक्षण र कागेश्वरी मनहरा वडा ८को ७ रोपनी जग्गा संरक्षण मात्र गरिएको छ ।
नौलिन भद्रकालीमा रहेको ७ रोपनी जग्गा व्यवस्थित रूपमा संरक्षण गरिएको छ जुन विपद व्यवस्थापनको लागि समेत काम लाग्ने प्राधिकरणको भनाइ छ । व्यवस्थित रूपमा निमार्ण गर्न लागिएको पार्कमा हरीयाली, वस्नको लागि सार्वजनिक स्थल, ट्वाइलेट, वाटर ट्याङ्क, जस्ता चिजहरू समाबेश गरिने छ ।
उपत्यका भित्र रहेका र प्राधिकरणले संरक्षण गरी पार्क निर्माण गरेका सार्वजनिक जग्गा मध्ये प्राधिकरणले २०७० सालदेखि सुरू गरेको जग्गा यस वर्ष नारायण चौर, कमलपोखरी, भण्डारखाला, सिम्लेश्वर, सपनतिर्थ, चण्डेश्वरी जस्ता ठाउँको जग्गाको संरक्षण गरेको प्राधिकरणले जनाएको छ ।
नेपाल सरकारले पहिला निमार्ण गरेको बाटो भत्किएर पुन निमार्ण गर्नेु पर्ने कार्यलाई प्राधिकरणले जिएल्डिको रूपमा निमार्ण गर्र्दे आएकोे छ ।
प्रतिक्रिया दिनुहोस