aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

दलसँगको गठबन्धन र तालमेल काँग्रेसका लागि घातक हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ चैत्र २०७८
दलसँगको गठबन्धन र तालमेल काँग्रेसका लागि घातक हुने

काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल काँग्रेसका लागि घातक हुने बताइएको छ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको काँग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। काँग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा संसदीय समिति गठन र घर-घर जाऔं काँग्रेस जिताऔँ भन्ने एक महिने अभियानको प्रारम्भिक समीक्षा रहेको छ। केन्द्रीय बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल गर्ने नगर्ने बारेमा सातै प्रदेशका सभापतिले आ-आफ्नो राय राखिसकेका छन्। समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस