aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बल खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा विद्यार्थी बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
बल खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा विद्यार्थी बेपत्ता

सिन्धुपाल्चाेक । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् ।

आज बिहान ९ः१५ बजे विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् ।

बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए । “खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएक रहेछन्”, शिक्षक हरेराम नेपालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस